सभामुख कृष्ण बहादुर महरा, देखि ‘केःसाङ्ला’ हेर्ने दर्शकहरुले गरे चलचित्रको तारिफ

चोकफूङ इन्टरटेनमेन्ट प्रालि दारा निर्मित लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’को काठमाडौंमा भब्य रेट कार्पेट शो गरिएको छ | कार्यक्रममा प्रमुख अथिती सम्माननिय सभामुख कृष्ण बहादुर महरा, बिशिस्ट अतिथि चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई,विशेष अतिथिहरु नेकपाका केन्द्रीय सदस्य पासाङ सेर्पा बरिस्ठ चलचित्र निर्देसक नबिन सुब्बा माननिय सांसद एल पि साम्बा किरात याक्थुङ चुम्लुङ का केन्द्रिय अध्यक्ष योगराज वनेम लिम्बु रहनुभएको थियो | दुवै मृगौला फेल भएका बिरामी निर्मल फियाक लाइ एक लाख त्रिसठी हजार दुइ सय तिन रुपैया प्रदान गरिएको थियो |

औपचारिक कार्यक्रम बिच भएको चलचित्र प्रदशन कार्यक्रममा सभामुख कृष्ण बहादुर महरा देखि लिएर ‘केःसाङ्ला’हेर्न आउनुभएको प्राय सम्पूर्ण दर्शक हरुले चलचित्र राम्रो बनेको भन्दै तारिफ गरे |
चोकफूङ इन्टरटेनमेन्ट प्रालि र केःसाङला प्रदर्शन समितिद्वारा आयोजित चलचित्रमा बाट रकम उठाएर सामाजिक सेवा गर्नु सह्रानीय कार्य हो ।’

लोकेश साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ ।

चलचित्रको निर्देशक लोकेन साँवाले लिम्बु भाषा संस्कृति संरक्षण र उत्थानको लागि नै आफुले ‘केःसाङ्ला’को निर्देशन गरेको साथै काठमाडौंका दर्शकहरु
दिनु भएको सकारात्मक प्रतिक्रियाले आफु उत्साहित भएको कुरा पाथीभरा च्यानल लाई बताउनुभयो |

‘केःसाङला हेर्न आउनुहुने दर्शकहरुको अत्याधिक चापले गर्दा चलचित्र हाउस फुल नै भएको थियो |


चलचित्रमा मुख्य कलाकारहरू भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ लिम्बू, विशाल सेनेहाङ लिम्बू, यामनिङ्वा योङ्हाङ लिम्बू, मेनुका साउदेन लिम्बू, महिमा लिम्बू, कुमार सुब्बा लुम्फुङ्वा, दिनेश माङ्मु गगा तुम्बाहाङ्फे लिम्बू आदि छन् ।

भूपेन्द्र तुम्बाहाङ्फेको छायाङ्कन, बिपिन मल्लको मुख्य सम्पादन, रामप्रसाद चौधरी र बुद थापा मगरको साहायक सम्पादन, यासेली योङ्हाङ लिम्बू, लोकेन साम्बा, हर्क बहादुर योङहाङ लिम्बू गीत रचना, अशोक लोहोरुङ राईको संगीत, श्रेयशी चेम्जोङ मनु नेम्बाङ असली वनेम यासेली योङहाङ निर्मल सुब्बा आशिष लक्ष्मी योङहाङ भिम तुम्बाहाङ्फे देशु सुहाङको स्वर रहेको चलचित्रलाई देबेन्द्र खापुङ सुर्केलीले पटकथा तयार पारेका हुन् ।

भाषा सम्पादन सागर केरुङ, डीबी आङ्बुङले गरेका हुन् भने फिपरानी तुम्बाहाङ्फे, बिष्णु कुमार पन्धाक, भिमकुमार तुम्बाहाङ्फे, सन्जय तुम्बाहाङ्फेले चलचित्र निर्माण गरेका हुन् । कार्यक्रमको सभापति केःसाङला प्रदर्शन समितिको अध्यक्ष सनमान थलङले गरेका थिए

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार