धुर्मुसलाई हजारौं चितवनवासीको साथ

चितवन, १८ जेठ । चितवनमा निर्माण थालिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तरबार उठाउन चितवनबासी जुटेका छन् ।

रंगशालामा पुगेकाहरुले जसरी पनि निर्माण हुनुपर्ने, तारबार भत्काउनेलाई कारवाही गर्नुपर्ने , भत्काउनेले बनाउनुपर्छ भन्नेजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

स्थानीय केही व्यक्तिहरुले डोजर लगाएरै भत्काएको तारबार उठाउन शनिबार विहान ठूलो संख्यामा चितवनबासी जुटेका हुन् । रंगशाला निर्माणमा ऐक्यवद्धता जनाउन पुगेका उनीहरुले आयोजना सम्पन्न गराउन जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।

रंगशालामा पुगेकाहरुले जसरी पनि निर्माण हुनुपर्ने, तारबार भत्काउनेलाई कारवाही गर्नुपर्ने , भत्काउनेले बनाउनुपर्छ भन्नेजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । महत्वपूर्ण आयोजना निर्माण भइरहँदा केही असन्तुष्टि समूहले डोजर लगाएर तारबार भत्काएपछि आक्रोसित स्थानीय र चितवनवासीले रंगशाला निर्माणमा सवै एकमतका साथ अघि बढेको सन्देश दिए ।

नारा घन्काउदै निर्माणस्थलमा पुगेको भिड कोणसभामा परिणत भएको थियो । भत्काईएको तारबार नजिकै आयोजित कोणसभामा सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माण सम्पन्न गराउन जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताइन् ।

समाचार साभार : नया पेज

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार