चाँगुनारायण हत्याकाण्ड : प्रेमीसँग मिलेर छोरीले नै गरिन् आमाको हत्या

भक्तपुर, १६ असार । भक्तपुरको चाँगुनारायण–७ की सावित्री भट्टराईको आइतबार दिउँसो भएको हत्या आफ्नै छोरी ईश्वरी भट्टराईले प्रेमीसँग मिलेर गरेको खुलेको छ ।

६० वर्षीया साबित्री भट्टराईको आइतबार दिउँसो घाँटी रेटेर हत्या भएको थियो । हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाका मोहम्मद नौशाद छन् । उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको छ ।

हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी त्यहाँ आफ्ना कान्छा ज्वाईको घरमा बस्दै आएकी थिइन् ।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाईको घरमा बस्दै आएकी थिइन् । ‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी अनुसन्धानबाट खुलेको छ,’ अपराध महाशाखा स्रोतले भन्यो ।

भट्टराईको आइतबार बिहान चक्कु प्रहार गरी भएको हत्या भएको थियो । हत्याको अनुसान्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् ।

यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताएका छन् ।
‘आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेको देखिन्छ’, थापाले भने ।

१२ लाख भाडाका हत्यारा
प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर (भाडाका अपराधी) नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई १२ लाख रुपैयाँ सुपारी दिएकी थिइन् ।

रकम पाएपछि उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । हत्या गरी हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ । उनीहरु मोहम्मद रहिश र भोला कुमार थिए ।

हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन् । उनी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन् । सोही क्रममा नासिदसँग भेट भएको थियो । आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार