रुपन्देहीकाे अहिरण्डी चोकमा गोली चल्याे

रुपन्देही, १७ असार । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी दुई लाख ४१ हजार लुटेर लगेको छ ।

गैडहवा गाउँपालिकास्थित गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आउँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटेर लगेको स्थानीय लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले जानकारी दिएका छन् ।

ताल सरसफाइ समितिको रकम लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर सु १ ह ३३७ नम्बरको टेम्पोमा आउँदै गरेका पासी गैडहवा गाउँपालिका–४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली प्रहार गरेको पासीलाई उदृत गर्दै गुप्ताले बताए ।

लुटेराहरूको गोली प्रहारबाट टेम्पोको टायरमा लागेको र कुनै मानवीय क्षति भने नभएको बताइएको छ । टेम्पोमा अन्य यात्रुहरू समेत सवार रहेको गुप्ताले बताएका छन्

समाचार श्रोत : नयाँ पेज

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार