स्वीडेनलाई पराजित गर्दै नेदरल्यान्ड फाइनलमा, उपाधिका लागि अमेरिकासँग भिड्ने

नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्समा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले फाइनलमा स्थान बनाएको हो । स्वीडेनलाई अतिरिक्त समयमा एक शुन्यले पराजित गर्दै नेदरल्यान्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो ।

नेदरल्यान्ड्स निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । नेदरल्याण्डसका लागि ९९ औँ मिनेटमा ज्याकी खुनाले गरेको गोल गरिन । त्यही गोली निर्णायक बन्यो । नदरल्याण्डसले उपाधिका लागि साबिक विजेता अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

फाइनल खेल आउँदो आइतबार लियोनमा हुनेछ । अमेरिकाले इंग्ल्याण्डलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो । तेस्रो स्थानका लागि स्वीडेनले इंग्ल्याण्डको सामना गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार