कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नाेबेल अस्पतालको लापरवाहीले बिरामीको ज्यान गएपछि स्थानीयले गराए दुहबी बजार बन्द अमर काफ्ले

घुँडाको अप्रेसन गर्ने क्रममा ज्यान गुमाएका अनिल कुमार साहका आफन्तसहित स्थानीयबासीले दुहवी बजार बन्द गराएका छन् ।

नोबेल अस्पतालको लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै स्थानीयहरुले दुहवी बजार बन्द गराएका हुन् । बन्दका कारण बजार तथा पसल खुलेका छैनन् । यातायातका सवारी साधन समेत ठप्प पारिएको छ ।

बिहीबार उपचारका लागि अस्पताल भर्ना भएका साहलाई नोबेल अस्पतालले आइतबार मृत घोषणा गरेको थियो ।

मृत्युबारे अस्पतालले ढिला जानकारी दिएको बताउने पीडित पक्षले घुँडाको अप्रेसन गर्ने क्रममा बिरामीको ज्यान जानुलाई चिकित्सकको चरम लापरवाहीको आरोप लगाएका छन् ।

अस्पतालले भने हर्टअट्याक भई बिरामीको ज्यान भएको बताउँदै आएको छ । अघिल्लो दिन अस्पताल परिषरमा दुहवीबासीले दोषी उपर कार्वाहीको माग गर्दै प्रर्दशन गरेका थिए । सहमतिका लागि भएको प्रयास निष्कर्शमा नपुगेपछि दुहवीबासी आज विहानैबाट आन्दोलनमा उत्रिएका हुन् ।

समाचार श्रोत : न्युज २४

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार