कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पर्यटन प्रवर्द्धनमा २०२०’सफल बनाउने अभियानमा द हाइल्याण्ड आर्ट

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० सँगै ढाका उद्योगलाई जोड्ने व्यवसायीले बताएका छन् । ‘ढाका हाते तान बुनाई हो नै र यो प्राचीन परम्परागत सीप पनि हो,’ चार दशकभन्दा ढाका उद्योगमा संलग्न कल्पना योङहाङ लिम्बुले भनिन्, ‘ढाका बुनाई नेपाली जाति र जनजीवनसित जोडिएको हुनाले यसलाई पर्यटनसँग जोड्ने उद्देश्य र लक्ष्यसहित अघि बढेका छौं ।’

दि हाइल्याण्ड आर्ट सजिलो ट्राभल एण्ड टुर्सले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

‘विशेषगरी प्रदेश नं.१ को लिम्बु जातिको पहिचानलाई लिएर घरेलु उद्योगका रूपमा विकास भएको ढाकाको प्रवर्द्धन गरिनेछ,’ आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय जनजीवन बुझ्न सघाउ पुर्‍याउने उल्लेख गर्दै व्यवसायी लिम्बुले भनिन्, ‘सरकारले पर्यटन वर्ष घोषणा गरेपछि हामीले आ–आफ्नो ठाउँ र व्यवसायबाट समेत प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले यो अवधारणा अघि सारिएको हो ।’

लिम्बु समुदायमा ढाकालाई मौलिक, सामाजिक, सांस्कृतिक, धार्मिक परम्परासित जोडेर विकास गर्दै आएको जनाइएको छ । भ्रमण वर्षभित्र पूर्वका ढाका उद्योगीहरूको सामूहिक प्रयासबाट जनचेतना अभियान तथा यसको प्रवर्द्धनमा जोड दिइने जनाइएको छ ।

कान्तिपुर दैनिक बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार