कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुर्खेतको हर्रेडाँडामा बस दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, २७ घाइते

सुर्खेत, ११ भदौ ।  रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् ।

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस सुर्खेत भेरीगंगा–५ एमाले मोडमा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार मृत्यु हुने तिनैजनाको  सनाखत हुन सकेको छैन् । 

दुर्घटनामा एकजनाको घटना स्थलमै र अन्य दुइजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिए । 

घाइते २३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने सामान्य घाइते दुइजनाको छिन्चुको एक मेडिकलमा उपचार भइरहेको छ । 

उहाका अनुसार चालक र सहचालक प्रहरी नियन्त्रणमा रहेका छन् । बस स्पीडमा रहेको र मोडमा ब्रेक फेल भएपछि दुर्घटना भएको हो । बसमा ३० जना सवार थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार