
काठमाडौ, २७ पुस । ‘सम्पूर्ण दाजुभाइहरु एक हौँ’ भन्ने नाराकासाथ फिदिम न.पा. वडा नं. ११ फेवदिनटार पाँचथरले बृहत चौथो अन्तराष्ट्रिय वार्षिक आङ्बो भेला गर्ने भएको छ ।
आगामी २०७६÷१०÷४ का फेवदिनटारमा हुन गइरहेको भेलाका प्रमुख अतिथिको रुपमा पर्यटन, उद्योग, वन तथा वातावरण संसदीय समितिका सभापति माननीय सीता थेबे रहनेछन् ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत हुने आयोजकले जानकारी दिँदै शुभचिन्तकहरूमा निमन्त्रणा समेत गरेका छन् ।

उक्त कार्यक्रमा बिभिन्न सास्कृतिक कार्यक्रम आङ्बो सङ्जुम्भोको सयोजनमा श्री माया आङ्बो खापुङ स्मृति सम्मान बितरण पापुन्देनमा माङगेना यक निर्माणमा सहयोग गर्नेहरुको शिला लेख अनावरण लगायत बिभिन्न आकर्सक कार्यक्रम हुनेछन |आङ्बो दाजुभाइहरुमा एकता कायम रख्दै बिभिन्न कार्यक्रमहरु गर्दै लैजाने कार्यक्रमको मुख्य उदेश्य हो |बशावली लाई अन्तिम रुप दिदै चाडै नै उपयुक्त समय र स्थानमा महाधिबेशनको पनि मिति घोशणा गरिनेछ |



