कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एफ एल एफ अवार्ड २०७६ मा सर्बाेत्कृष्ट नायकको अवार्ड भिम तुम्बाहाम्फे लाई

बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई सधैं माया गर्नु हुने बिशेष गरी आफ्नो भाषा धर्म र सांस्कृतिलाइ अझ धेरै माया गर्नु हुने । ताप्लेजुङ जिल्ला नाल्बाे गाउँमा जन्म भई हाल हङकङमा कार्यरत नायक भीम तुम्बाहाम्फेकाे पहिलाे प्रस्तुती र अभिनय रहेकाे लिम्बू चलचित्र केःसाङलामा भर्खरै मात्र अायाेजनामा सम्पन्न एफ एल एफ तेस्रो अवार्डमा केःसाङला चलचित्र बाट सर्बाेत्कृष्ट(Best Actor) नायककाे अवार्ड हात पार्न सफल हुनु भएकाेछ

नायक भीम तुम्बाहाम्फेले लिम्बू भाषाकाे दुई अाेटा गीतकाे म्युजिक भिडियोमा पनि अभिनय गरिसक्नु भएकाेछ । केःसाङला चलचित्रमा रहेकाे तरेमे चासाेक तङनाम अाे चुमिराे.. र मिम्जिरे पानहा पात्छीना..पकन्दी चानु वासीना.. गायक: निर्मल सुब्बा,श्रेयाशी चेम्जाेङ र लक्ष्मी याेङहाङकाे स्वर रहेकाेछ । शब्द रचना:हर्क बहादुर याेङहाङ र कल्पना अाङबाेहाङकाे रहेकाेछ भने संगीत सम्याेजन: प्राज्ञ; अशाेक लाहाेरुङ राईले गर्नु भएकाेछ ।

मिम्जिरे पानहा पात्छिना..यही फागुन १७ गते पाचथरमा के:साङला चलचित्र प्रदर्शन संगै यस गीतकाे म्युजिक भिडियो पनि लाेकार्पण हुने भएकाेछ । भीम तुम्बाहाम्फेकाे अब चाडैं पालाम गीत पनि बजारमा आउँदै छ् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार