
सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा दर्शकले रुचाएका छन् । राष्ट्रिय नाचघरमा भएको प्रिमियर शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो।
प्रिमियर शो हाउसफुल भएको थियो | दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ भन्दै निर्देशक राज चाम्लिङले पथिभरा च्यानल सँग खुशी ब्याडनी भयो |

दर्शकले चलचित्रको विषयबस्तु र प्रस्तुतीलाई रुचाएका छन् । कलाकारको अभिनयलाई पनि दर्शकले रुचाएका छन् ।
नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ । देश तथा बिदेशमा रहनु भएका दर्शकहरु चलचित्र बैना बट्टा हेर्न आतुर भएको कुरा
निर्देशक राज चाम्लिङले पाथिभरा च्यानल लाई दिनुभयो । । ताप्लेजुङ पाँचथर र ईलामको रमणीय स्थलहरुमा चलचित्र बैना बट्टाको छायांकन गरिएको छ |दर्शकहरुले धेरै आशा गरेको चलचित्र यही फागन २१ राष्ट्रिय नाच घर जमलमा १ बजे दिउसो भब्य प्रदसन हुँदैछ |चलचित्र बैना बट्टाको ट्रेलर हेर्दा थाहा हुन्छ चलचित्र हरेक दृष्टिले निक्कै राम्रो छ् |
कबिता राई, देबेन्द्र नेम्बाङ, , बाबु मोक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, नैना कला लिम्बु , अर्जुन श्रेष्ठ उदासी रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

एबिराज आङदेम्बे राधा लामा ,भवानी घिमेरे ,बिक्रम नेम्बाङ ,नरेश नेम्बाङ र राम लावती चलचित्रका सहनिर्माता रहेका छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ
नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा
चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बुहरुको आवाज रहेको छ । एरेन्ज थोमस राइ राजु कार्की कृष्ण साउदेनको रहेको छ् |
चलचित्रको निमार्ण प्रेम राज लावतीले गर्नुभएको छ



