अपहरणको नाटक गरेर आफ्नै बुबासँग फिरौति माग्ने प्रहरी नियन्त्रणमा

अपहरणमा परेको भन्दै नाटक गरेर आप्mनै बुबासँग फिरौति रकम माग्नेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढीगंगा गाँउपालिका वडा नं. ३ बाँसवारीका मुकेश महतो र कृष्ण राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । मुकेशले आफ्नै बुबालाई पटक–पटक फोनगरी आफू अपहरणमा परेको र ३० लाख रुपैया फिरौति रकम मागेको र रकम नदिए ज्यान मार्ने धम्की दिने गरेको सुनाएका थिए ।

फागुन २३ गते घरबाट हिडेका मुकेशले बुबालाई फोनगरी अपहरणकारीले आफूलाई लहान, जनकपुर, कोशी ब्यारेजमा राखेको नाटक गरी पटक–पटक फोन गरेपछि २६ गते बुबा शिवनारायण महतोले १८ लाख नगद दिएको र ३ लाख रुपैयाँको चेक दिएका थिए ।

रकम र चेक दिएपछि शिवनारायण महतोले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुकेश र कृष्णलाई नियन्ञणमा लिएर अनुसन्धान थालेपछि यो रहस्य सार्वजनिक भएको हो ।

प्रारम्भिक अनुसन्धान गर्दा अपराधिक लाभ प्राप्त गर्ने मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको मोरङ प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनु भयो ।

यसैगरी भारतको जोगवनीबाट विराटनगर तर्फ अउदै गरेको कमान सिंह राईलाई चेकजाँच गर्दा १५ ग्राम ब्राउन सुगर, खैरो हिरोइनसहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

५० हजार रुपैयाँमा खरिद गरेको सो ब्राउन सुगरको खुद्रा विक्री गर्दा १ लाख ५० हजारमा विक्री गर्न सकिने प्रहरीले बताएको छ ।

न्युज २४ बाट

This image has an empty alt attribute; its file name is aa-11-768x427.jpg

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार