कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अपहरणको नाटक गरेर आफ्नै बुबासँग फिरौति माग्ने प्रहरी नियन्त्रणमा

अपहरणमा परेको भन्दै नाटक गरेर आप्mनै बुबासँग फिरौति रकम माग्नेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढीगंगा गाँउपालिका वडा नं. ३ बाँसवारीका मुकेश महतो र कृष्ण राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । मुकेशले आफ्नै बुबालाई पटक–पटक फोनगरी आफू अपहरणमा परेको र ३० लाख रुपैया फिरौति रकम मागेको र रकम नदिए ज्यान मार्ने धम्की दिने गरेको सुनाएका थिए ।

फागुन २३ गते घरबाट हिडेका मुकेशले बुबालाई फोनगरी अपहरणकारीले आफूलाई लहान, जनकपुर, कोशी ब्यारेजमा राखेको नाटक गरी पटक–पटक फोन गरेपछि २६ गते बुबा शिवनारायण महतोले १८ लाख नगद दिएको र ३ लाख रुपैयाँको चेक दिएका थिए ।

रकम र चेक दिएपछि शिवनारायण महतोले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुकेश र कृष्णलाई नियन्ञणमा लिएर अनुसन्धान थालेपछि यो रहस्य सार्वजनिक भएको हो ।

प्रारम्भिक अनुसन्धान गर्दा अपराधिक लाभ प्राप्त गर्ने मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको मोरङ प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनु भयो ।

यसैगरी भारतको जोगवनीबाट विराटनगर तर्फ अउदै गरेको कमान सिंह राईलाई चेकजाँच गर्दा १५ ग्राम ब्राउन सुगर, खैरो हिरोइनसहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

५० हजार रुपैयाँमा खरिद गरेको सो ब्राउन सुगरको खुद्रा विक्री गर्दा १ लाख ५० हजारमा विक्री गर्न सकिने प्रहरीले बताएको छ ।

न्युज २४ बाट

This image has an empty alt attribute; its file name is aa-11-768x427.jpg

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार