रहेनन पूर्वमन्त्री पूर्णकुमार शेर्मा” यस्तो थियो नेपाली राजनीतिमा उहाको योगदान

पूर्ब स्थानिय बिकास मन्त्री पुर्ण कुमार शेर्माको आज दिउँसो करिब ३.३० बजे ललितपुर पुलचोक स्थित निदान अस्पतालमा मिर्गौलाको डाइलसिस गराउने क्रममा निधन भएको छ । वहाको बिगत दुई बर्षदेखी दुइवटै मिर्गौलाले काम गर्न छोडेपछी लगातार उपचार तथा नियमित डाइलसिस गराइ रहनु भएको थियो । पाचथर जिल्लाको तत्कालिन सराङ्डाडा गा.बि.स वडा न. ७ निगालेमा बिक्रम सम्बत २००० साल असोज १२ गते पिता रामप्रसाद शेर्मा तथा माता मोतिमाया आङ्देम्बे शेर्माबाट जन्मनु भएका पूर्बमन्त्री शेर्मा बि.स. २०१८ सालमा १८ बर्षको उमेरमै निगाले ग्राम बिकास ( पछि तत्कालिन गाउँ पञ्चायत बनाइएको ) प्रधानपन्च समेत भएका थिए ।

बि.स. २०२३ मा पाचथर जिल्ला उपसभापती रहनुका साथै २०३३ सालमा गाउँ फर्क राष्ट्रीय अभियान मेची अन्चल समिती अध्यक्ष हुनुका साथै रास्ट्रीय सभा सदश्य समेत मोनोनित भएका थिए। सानो उमेरमै राजनितिमा सक्रीय उनी बिकासबादी तथा निष्ठावान राजनितिक व्यक्तित्वको रुपमा परिचित थिए । पाँचथर जिल्लाको ग्रामिण क्षेत्रहरुमा धेरै पुलहरुको निर्माण गरेका उनलाइ अझै पनि पाचथर जिल्लाबासी पुलबाबै उपनामले चिन्दछन । बि.स. २०६६ सालमा स्थानिय बिकास मन्त्री भएका शेर्मा नेपाली काङ्ग्रेस पाँचथर जिल्लाको दुई पटक जिल्ला सभापती हुनुका साथै नेपाली कङ्ग्रेसको १०औ र ११औ महाधिबेशनबाट दुई पटक नेपाली कङ्ग्रेसको केन्द्रीय सदश्य निर्बाचित भएका थिए । पूर्बमन्त्री शेर्माको पार्थिव शरीर लाइ फाल्गुन ३० गते बिहान नेपाली काङ्ग्रेस पार्टिकार्यालय सानेपामा श्रद्धान्जलिका निमित्त राखिने तथा तत्पश्चात पशुपती आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

निशेस आङ्देम्बे सम्पादक पाथिभरा च्यानल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार