चीनबाट फैलिएको कोरोनाले विश्व आक्रान्त, विश्वव्यापी महामारीको केन्द्रबिन्दु युरोप

काठमाडौं, १ चैत :  गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड– १९ विश्वव्यापी महामारीको ‘केन्द्रबिन्दु’ अब युरोप भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारकिो केन्द्रविन्दु अब युरोप बनेको अपौचारिक रुपमा घोषणा गरेको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले चीनमा कोरोनाको प्रभाव घट्दै गएको र युरोप महामारीको केन्द्रबिन्दु भएको बताए । उनले भने, ‘युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ । चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ ।’

टेडरोसले युरोपेली राष्ट्रहरुलाई शनिबार कोरोना भाइरस नियन्त्रण गर्न प्रभावकारी उपायहरु अपनाउन र समुदायमा कोरोनाविरुद्ध जनशक्ति प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन् । भनेका छन्, ‘यो आगोलाई बल्न नदिऊँ ।’ थुप्रै युरोपेली देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उलेख्य वृद्धि भएको छ ।


इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १२३ वटा देशमा १३२,५०० भन्दा बढी मानिसमा कोरोनाभाइरस देखिएको छ । मृत्यु हुने मानिसको सङ्ख्या झन्डै ५,००० पुगेको छ ।

कोरोनाबाट प्रभावित युरोपेली राष्ट्रहरु सूची

  • इटलीः १७ हजार ६६० संक्रमित, १२ सय ६६ को मृत्यु
  • स्पेनः ५ हजार २३२ संक्रमित, १३३ को मृत्यु
  • जर्मनीः ३ हजार ६७५ संक्रमित, ८ को मृत्यु
  • फ्रान्सः ३ हजार ६६१ संक्रमित, ७९ को मृत्यु
  • स्वीजरल्यान्डः १ हजार १३९ संक्रमित, ११ को मृत्यु
  • नर्वेः ९९६ संक्रमित, एकको मृत्यु
  • स्वीडेनः ८१४ संक्रमित, एकको मृत्यु
  • नेदरल्यान्ड्सः ८०४ संक्रमित, १० को मृत्यु
  • बेलायतः ७९८ संक्रमित, ११ को मृत्यु

रोकथामा लागि कुन राष्ट्रले के गदैछ ?

  • डेनमार्कः शनिबारदेखि विदेशीहरूका लागि सीमा बन्द
  • चेक गणतन्त्रः अरूलाई मुलुक प्रवेशमा रोक, देशकै नागरिकलाई विदेश जानमा रोक
  • स्लोभाकियाः बसोबासको अनुमति भएकाबाहेक सबै विदेशीलाई मुलुक प्रवेशमा रोक
  • अस्ट्रियाः पछिल्लो चार दिनको स्वास्थ्यसम्बन्धी प्रमाणपत्र भएकाबाहेक सबै विदेशीलाई
  • इटली हुँदै प्रवेश गरिने तीनवटा नाका बन्द, तर आफ्ना देशका नागरिकलाई खुला
  • युक्रेनः कूटनीतिज्ञबाहेक सबै विदेशीलाई सबै स्थलनाका दुई हप्ताका लागि बन्द
  • हङ्गेरीः अस्ट्रिया र स्लोभिनियासँगका सीमा बन्द
  • पोल्यान्डः आइतवारदेखि सबै विदेशीका लागि सीमा बन्द

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार