कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

उषा भन्छिन्- डिभोर्स हुन बाँकी छ

काठमाडौँ — अभिनेत्री तथा पूर्वमिस नेपाल उषा खड्‍गीले आफ्नो सम्बन्ध विच्छेद हुन बाँकी रहेको बताएकी छन् । ‘मैले छुट्टिने निर्णय गरेकी हुँ । तर, प्रक्रिया पूरा भइसकेको छैन,

उनले शनिबार फेसबुकमा आफूले १७ वर्षसम्म मानसिक र शारीरिक दुर्व्यवहार सहेर बसेको तर, अब सहन नसक्ने बताउँदै स्टाटस लेखेकी थिइन्। आफूले घरेलु हिंसामा उजुरी दिएको पनि उनले बताइन्। सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको तर कानुनी रुपमा टुंगो लाग्न बाँकी रहेको पनि उनले बताइन्।

उषाले विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन्। सन् २००० को मिस नेपाल भएको केही समयमा नै उनले सञ्‍चारकर्मी तथा म्युजिक भिडियो निर्देशक जीपी तिमल्सिनासँग विवाह गरेकी थिइन्।

कान्तिपुर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार