आइतबारदेखि अत्यावश्यक कार्यालय बाहेक सबै सेवा बन्द

काठमाडौं । मुलुकमा अत्यावश्यक सबै सेवाका कार्यालय र यातायात १२ दिनका लागि बन्द हुने भएको छ । कार्यालय र यातायात आइतबारदेखि बन्द गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ सम्म सबै कार्यालय बिदा गरिने बताउनुभयो । ‘अत्यावश्यक सेवा बाहेक सबै कार्यालय बन्द हुनेछ’ उहाँले भन्नुभयो, ‘ सार्वजनिक यातायात समेत बन्द गरिने छ ।’

कोरोना कोषमा नेपाल सरकारको १० करोड

दक्षिण एशियाली सहयोग संगठन (सार्क) द्वारा स्थापना गरिएको कोरोरा भाइरस (कोभिड–१९) विरुद्धको आपतकालिन कोषमा नेपालले १० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै कोष उल्लेखित रकम उपलब्ध गराउने घोषण गर्नुभएको हो ।

कोषमा छिमेकी मुलुक भारतले १ करोड १ अमेरिकी डलर उपलब्ध गराउने घोषण गरिसकेको छ । सार्क राष्ट्रप्रमुखबीचको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेखित रकम उपलब्ध गराउने बताउनु भएको थियो । कोषमा राष्ट्रका अन्य राष्ट्रले पनि रकम उपलब्ध गराउने तयारी गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार