बहु आयामिक सर्जक हस्त लिबाङको गीत संगीतमा गाउँ घर र मेला हाटको भाका बोल्छ

जिबनको उताव चढाव र बिभिन्न संघर्सको बाबजुत पनि नेपाली तथा लिम्बु भाषा कला संस्कृति, लागि निरन्तर लागिरहनुहुने हुने ब्यक्ती हुन हस्त लिबाङ स्वदेश हुँदा होस् या बिदेश हुँदा आफ्नो कला संस्कृति, र् माटोको माया हुनेले गीत संगीत कला संस्कृति, बाट होस् या म्युजिक भिडियो चलचित्र निर्माण गरेर होस् |आफ्नो समुदाय र देशको लागि निरन्तर योगदान दिएका हुन्छन |हस्त लिबाङ यस्तो जुझारु ब्यक्तिमा पर्छन जो आफ्नो मात्र नभएर समुदाय र् राष्ट्रको बिकास होस् भन्ने चाहन्छन |लिबाङ गीतकार, संगीतकार,गायक,कलाकार,चलचित्र निर्माता,समाजसेवी ,र राजनीककर्मी पनि हुन |सानै उमेर देखी समाज रुपान्तरणको लागि केही काम गर्न खोज्नुहुने लिबाङ समय परिस्थिती अनुसार गीत लेख्न खप्पिस छन |त्यसैले होला चैतको महिनामा गुरास फुलेको बनमा पुग्दा (गुरासै फुल्यो ) बोलको चर्चित गीतको रचना गर्नु हुन्छ |

हिमालको सुन्दरतामा हराएर (हिमालैको वारीपारी ) गीत लेख्नु हुन्छ | त्यस्तै बैशमा मेला हाट धेरै जाने गर्नुभएकोले (आदुमेरो ) र (पालम ) आफ्नो बिगतको यादहरुलाई कल्पना गरेर लेख्नु भएको छ् | समग्रमा हस्त लिबाङको गीत संगीतमा गाउ घर मेला हाटको भाका बोल्छ |आफनो समुदायले लिम्बु भाषा पढनु पर्छ लेख्नु पर्छ भनेर चेतना र सन्देश दिदै (सकसक साप्ला ) सन्देश मुलक गीतको स्रिजना गर्नु भएको छ् |लिबाङ् को कर्म थलो हङ्ककङ हो त्यसैको परिबेश् लाई समेटेर (माघा लाजे )नेपालीहरु रोजगारिको निम्ती बिदेशिनु पर्ने बाध्यता र आफ्नो अनुभव लाई मर्म स्पर्शी ढंगले गीतमा समेटनु भएको छ् | अहिले सम्म उहाले सय वटा भन्दा बढी गीत लेखन र् संगीत गरिसक्नु भएको छ् |करीब दुई दर्जन म्युजिक भिडियोको पनि निर्माण गरिसक्नु भएको छ् |लिबाङ चलचित्र निर्माण र अभिनयमा पनि त्यतिकै ब्यस्त हुनुहुन्छ | अहिले सम्म उहाले रेश ,अदालत ,खुर्पा ,साम ,माघा लाजे ,जस्ता चलचित्र निर्माण गरिसक्नु भएको छ् भने केही चलचित्रमा आफ्नो अभिनय कौशल पनि देखाइसक्नु भएको छ् |सख्यात्मक भन्दा गुणात्मक लाई आफ्नो स्रीजनामा बढी जोड दिनुहुने लिबाङ आफुलाई पुर्ण रुपमा चित नबुझे सम्म परिमार्जनमा लगिरहनु हुन्छ |नेपाली र लिम्बु गीत संगीत लाई अत्यन्तै माया गर्नु हुने लिबाङ भन्नु हुन्छ | गीत आज भाईरल भएर भोली हराउने होइनकी सबैको मन मस्तित्कमा सदैव गुन्जिरहने बन्नु पर्छ |अहिले सम्म धेरै संघ सस्था बाट सम्मान पत्र ,कदर पत्र प्रससा पत्र र अभिनन्दन पत्र समेत पाइसक्नु भएका हस्त लिबाङ एफ एल एफ अवार्ड २०७६ मा गीतकार र संगीतकर दुई बिधामा अवार्ड पाउन सफल हुनुभएको छ् | हाल नेपाल चलचित्र बिकास बोर्ड अन्तर्गत आदिबासी तथा मात्रीभाशी चलचित्र प्रबदन बोर्डको सदस्य, नेपाल चलचित्रकर्मि संघ केन्द्रिय सदस्य,केराबारी गाउपालिका ने, क पा सचिबालय सदस्य तथा साहित्य कला तथा सास्कृतिक बिभाग प्रमुख ,लिम्बुवान राष्ट्रिय मोर्चा केन्द्रिय सदस्य रहेर काम गरिरहनु भएको छ् |मिडिया सामु आफ्नो स्पस्ट कुरा राख्नुहुने लिबाङ को गुरासै फुल्यो लगायत करिब एक दर्जन गीत चर्चित छ्न | उहाको यो स्रिजनशिल यात्रा र् निरन्तरताले नेपाली लिम्बु गीत संगीत र् चलचित्र जगतमा बिशेष महत्व राख्दछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार