कैलालीमा विष्फोट, ३५ वर्षीय युवकको मृत्यु

कैलाली, ९ चैत । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्फोट भएको छ । विष्फोटमा परी घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको ज्यान गएको छ ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गइसकेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी गराएका छन् । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

यद्यपि, उक्त वस्तुमा विष्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले बताएका छन् । गोदावारी गाउँपालिका निकै विकट मानिन्छ

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार