जमुनाह नाकामा अलपत्र परेका १ हजार बढीको उद्दार, सम्बन्धित जिल्ला पठाइदै

१० चैत । नेपाल भारत सीमानाकामा पर्ने नेपालगञ्जको जमुनाहा नाकाबाट ठूलो संख्यामा नेपाली र भारतीय नागरिकलाई उद्दार गरिएको छ । नेपाल भारत सीमानाकामा अलपत्र परेका नेपाली नागरिक र भारतीय नागरिकलाई उद्दार गरिएको हो ।

भारतको रुपैडिहा नाकामा नेपाली नागरिक र नेपालगञ्ज भन्सार नाकामा भारतीय नागरिक विहानदेखि अलपत्रमा परेका थिए । अलपत्रमा परेका नेपाली र भारतीय नागरिकलाई उद्दार गरि क्वारेन्टाइनमा राखिएको छ । सीमा नाका बन्द भएपछि नेपालगञ्ज पुगेका करिब १ हजार बढी नेपाली नागरिकहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाले उद्धार गरेको हो ।

भारतमा ज्याला मजदुरी गरेर नेपाल फर्किएका उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पु¥र्याईएको छ । केही घण्टा क्याम्पस परिसरमै आराम गरेपछि हरेकलाई उनीहरुको गृह जिल्लासम्म पु¥याउने ब्यवस्था मिलाईने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले जानकारी गराउनुभयो ।

नेपालगञ्जमा यति धेरै नागरिकलाई बस्न र व्यवस्थापन गर्न गाहे हुने भएको हुनाले यसलाई हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग सम्मन्वय गरी व्यवस्थापन गरिने प्रजिअ खड्काले जानकारी गराउनुभयो । यस्तै भारतीय नागरिकलाई भारतीय अधिकारीहरुसंग समन्वय गरी उतै फर्काउने तयारी भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले गाडीको ब्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पु¥याउने निर्णय भएसँगै उनीहरुको स्वास्थ्य परीक्षण गरी उपमहानगरको नगर बसद्धारा महेन्द्र क्याम्पस परिसरमा राखिएको छ । महेन्द्र क्याम्पस लग्नुअघि जमुनाह नाकामै सबैको स्वास्थ्य परीक्षण गरिएको थियो । भारतको विभिन्न क्षेत्रमा काम गरेर फर्किएका उनीहरुलाई भारतीय प्रहरीले नेपालगञ्ज नाकामा ल्याए छाडिदिएको थियो ।

भारतमा जनता कर्फ्यु लागेको भएपनि भारतीय प्रहरीले आफुहरुलाई सुरक्षित रुपमा नेपालगञ्ज नाकासम्म पु¥याईदिएको उनीहरुले बताएका छन् । सोमबार बिहान २ बजे दशगजा क्षेत्रमा पुगेका एक हजार बढि नेपाली नागरिकहरुलाई जमुनाहा प्रहरीले चाउचाउ र पानी उपलब्ध गराएको थियो । बाँके जिल्ला र भारतको बहराइच जिल्लाका सुरक्षा अधिकारीहरुको आइतवार बिहान गरेको सहमति अनुसार आइतवार बिहानैदेखि जमुनाह नाका ठप्प पारिएको थियो ।

आइतवार र सोमवार गरी जम्मा भएका नेपाली र भारतीय नागरिक सीमानाकामा अलपत्र परेपछि उनीहरुको उद्दार गरी क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएका नेपाली नागरिकलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा १४ दिन राखि उनिहरुको परीक्षण पश्चात घरमा पठाउने बाँकेका प्रजिअ खड्काले अनुरोध गर्ने जानकारी गराउनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार