चितवनस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका एक युवकको मृत्यु





चितवन, चैत ११ ।चितवनस्थित कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका एक युवकको आज विहान मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका ति युवक केही दिन अघि मात्रै उक्त अस्पतालमा उपचार गर्न आएका थिए ।

मृतक युवकको स्वाब परिक्षणको रिपोर्ट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट आउन बाँकि रहदै उनको मृत्यु भएकाले मृत्युको कारण खुल्न नसकेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी कोरोना संक्रमित भएको वा अन्य कुनै कारणले मृत्यु भएको हो रिपार्ट आएपछि मात्रै थाहा हुने छ ।मृतकको परिचय खुलाइएको छैन ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार