चिनबाट आइपुग्यो स्वास्थ्य सामाग्री

काठमाडौं,चैत १६ । कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि सरकारले चीनको ज्याकमा फाउन्डेशन तथा सरकारद्वारा खरिद गरेका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ज्याकमा फाउन्डेशन र स्वास्थ्य मन्त्रालयले खरिद गरेका सामग्री ग्वाङजाउबाट आज विहान काठमाडौं ल्याएको हो ।

सरकारले ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट एक अर्ब २४ करोड ६८ लाख रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो ।

नेपाल ल्याइएका स्वास्थ्य सामग्रीमा इन्फ्रारेड थर्मामिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री रहेको जनाइएको छ ।

स्वास्थ्य सामाग्री लिन हिजो साँढे १२ बजे दिउँसो निगमको वाइडबडी जहाज चीनतर्फ उडेको थियो । सामाग्री ल्याएपछि कोरोना भाइरसको पहिचान र उपचार सहज हुने अपेक्षा गरिएको छ ।



सम्बन्धित शीर्षकहरु

मुख्य समाचार