लकडाउन उल्लंघन गर्नेलाई उठबसदेखि ‘पुसअप’ सम्म

रौतहट — कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले सडकमै कारबाही गर्न थालेको छ । बिना पास र जुनसुकै बेला पनि घरबाट बाहिरिन थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञासमेत उल्लंघन भएको भन्दै प्रहरीले जाँचमा कडाइ गरेको हो ।सोमबार टिपर, जिप,मोटरसाइकल,साइकल र पैदलयात्रीहरु प्रहरीको यस्तो कारबाहीमा परे ।

रौतहटको चन्द्रनिगाहपुरमा आइतबार साँझ बाहिर निस्केका स्थानीयलाई नियन्त्रणमा लिने प्रयास गर्दै सुरक्षाकर्मी । तस्बिर : शिव पुरी/कान्तिपुर

पूर्वपश्चिम राजमार्गमा लकडाउन उल्लंघन गरी यात्रा गर्दै गरेकालाई प्रहरीले सडकमै सटअप, पुसअप, मुर्गा बनाउने तथा सुताउने काम गरेको थियो । लकडाउनको सुरुवाती दिनमा प्रहरीले सम्झाइबुझाइ घर फर्काउने गरेको थियो ।सर्वसाधरणले विभिन्न बाहानामा यसको अवज्ञा गरेपछिसोमबारबाट झनै कडाइ गरिएको हो ।चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लकडाउन उल्लंघन गरेर सडकमा निस्किएकाहरुलाई उठबस र पुसअप गराउने अलावा सडकमै लामो समयसम्म उभ्याएरसमेत राखेको थियो । यस्तो कारबाहीमा स्थानीय तथा बाहिरी जिल्लाबाट बिना पास आउनेहरु पनि परेका छन् ।

कान्तिपुर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार