स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप

काठमाडौँ, १९ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट हालै सरकारले ल्याएका अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशका सभासद रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएकाे र दर्ताका लागि पर्खाइमा रहेकाे बताएका छन् ।

तीन महिनाअघि नै स्वास्थ्य सामग्री खरिदका लागि आह्वान गरेको टेन्डर रद्द गरेको तथा बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै उनले अख्तियारमा उजुरी दिएको बताएका हुन् ।

हालै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ७५ हजार दू्रत परीक्षण किटलगायत अत्यावश्यक मेडिकल सामग्रीहरु चीनबाट खरिद गरेर ल्याएको छ । विश्व स्वास्थ्य संगठनले भने ती परीक्षण किट प्रयोग गर्न मान्यता दिएको छैन । यसरी कामै नलाग्ने किट महंगो मूल्यमा किनेको भन्दै आर्थिक अनियमिता भएको/नभएको बारे छानबिन गर्न पौड्यालले माग गरेका छन् ।

उनले मेडिकल सामग्री खरिदको अनुभव नै नभएको कम्पनीलाई ३ घण्टामै टेण्डर दिएको तथा वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, खरिद कार्यका लागि आफूनिकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको लगायत आरोप मन्त्री ढकालविरुद्ध लगाएका छन् ।

न्युज २४ बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार