‘लकडाउन’को अवज्ञा गर्ने एक हजार भन्दा बढि प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत १९ ।कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देश लकडाउन गरको आज नवौं दिनमा नियमको पालना नगर्ने एक हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबैलाई सडकमै हिरासत बनाएर उभ्याएको छ

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएर खुला आकासमुनि उभ्याएर संक्रमणबारे सचेतना दिएको महानगरिय प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा झण्डै दुई सय महिला समेत रहका छन । बुधबार लकडाउनको नियम तोड्दै विना पास सवारी चलाउने चालकसहित ५५ वटा सवारीसाधन पनि होल्डमा परेका छन् ।

प्रहरीले मंगलबार समेत राजधानीका विभिन्न ठाँउबाट लकडाउन अवज्ञा गर्नेमध्ये ६ सय भन्दा बढिलाई सडकमै होल्ड गरेको थियो ।त्यस्तै, ७० वटा सवारीसाधन समेत नियन्त्रणमा राखेर होल्डमा परेका थिए

रिपोर्टर्स नेपाल बाट


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार