सुनसरीमा श्रीमती र दुई छोरीलाई सुतिरहेकै स्थानमा आगो लगाएर श्रीमान फरार

इनरुवा / सुनसरीको इनरुवामा आगो लगाई तीन जनाको हत्या प्रयास गरिएको छ । इनरुवाको वडा नम्बर ८ मा एकै परिवारका तीन जनालाई सुतिरहेको अवस्थामा हत्या प्रयास भएको हो । इनरुवा ८ डुम्राहामा सियाराम उराँवले सुतिरहेको अवस्थामा श्रीमती सहित दुई छोरीको आगो लगाई हत्या प्रयास गरेका हुन् ।
सुनसरी प्रहरीका अनुसार सियारामले सुतेको अवस्थामा श्रीमती र छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोले जलेर कमलकुमारी सहित ७ वर्षकी प्रतिक्षा र ४ वर्षिया प्रतिज्ञा घाइते भएका छन् ।

आमा कमलकुमारीले हारगुहार गरेपछि गाउँलेहरुले घाइतेहरुको उद्दार गरी इनरुवा अस्पताल पु¥याएका थिए । प्रहरीका अनुसार थप उपचारकालागि उनीहरुलाई कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएको छ । आगोका कारण आमाछोरीको शरीरका विभिन्न भाग जलेको सुनसरी प्रहरीले जनाएको छ । आगो लगाई फरार रहेका सियारामको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ । गाउँलेका अनुसार अघिल्लो दिन सो परिवारमा घरायसी झैझगडा भएको थियो ।
घटना बिहीबार रातीको भएको बताइएपनि लक डाउनका कारण खबर ढिलागरी बाहिरिएको हो । माइती पक्षको उजुरी पश्चात मात्रै हत्या प्रयासको घटना सार्वजनिक भएको हो ।

इनरुवा ८ का वडाध्यक्ष रविन्द्र मण्डलका अनुसार छोरीहरुको अवस्था सामान्य रहेपनि आमाको अवस्था भने गम्भिर रहेको छ । वडा र वडावासीले रकम संकलन गरी उपचार खर्चमा सहयोग गर्दै आएको मण्डलले बताए । मण्डलका अनुसार घटनाको दिन सियाराम सँगै रहेका अर्का व्यक्तिलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिई छाडेको छ । सुनसरी प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै हत्या प्रयासमा संलग्न व्यक्तिको खोजी भैरहेको जनाएको छ ।

पुर्बेली न्युज बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार