कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि

१४ वैशाख, काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार