
नवलपरासी, ३२ जेठ । आफैंले हाँकेको गाडी दुर्घटन हुँदा नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीको विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुने क्रममा उनी सवार गाडी बर्दघाट नगरपालिका–४ स्थित एक पुलमा ठोक्किएर दुर्घटनामा परेको हो ।
एक पैदल यात्रु महिलालाई छल्न खोज्दा गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटनामा परेको नवलपरासी (पश्चिम) का सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।
उनलाई अस्पतालमा मृत घोषणा गरिएको माझीले जानकारी दिए । मृतक शर्माका चालक औषधि किन्न गएकाले उनले आफैंले कार्यालयको गाडी हाकेको माझीले जानकारी दिए ।
नयाँ पेज बाट



