
बेलायतमा रहेर लिम्बूको भाषाको पाःलाम र गीतसंगीतको लागि लागिपरेकी रीता फोम्बो ठूलीको माङसरी पाःलाम युट्युवमार्फत सार्वजनिक भएको छ ।
अघिल्लो वर्ष निङ्वासुम् गीतिएल्बम (भिडियोसहित) बजारमा ल्याएकी उनको यस पाःलामलाई निङ्वासुम् – २ नाम दिएकी छिन् ।
रीता फोम्बोको रचना, लयसंकलन तथा स्वरमा तयार भएको पाःलाममा दिलिप फुरुम्बोले साथ दिएका छन् । त्यसैगरी स्वर्गीय शिव सम्बाहाम्फे र विष्णु सेर्मापनि कोरसमा छन् ।

अशोक लोहरुङ राईले एरेन्ज गरेको गीतको भिडियोमा बबिता नेयोङ र इन्द्रसुशिल चोङबाङले अभिनय गरेका छन् । साथमा माङ्गेना कुरुम्बाङ, केहेरसिंह लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेन, आशिष लिम्बू, नैनकला लिम्बू, विरुहाङ सम्बाहाम्फे (युके), गजेन्द्र सम्बाहाम्फे (युके) तथा याक्थुङ केलाङ सयङ ललितपुरका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ ।
भिडियोलाई छथरे ढाका उद्योग धरान र सेम्फुङमा क्रिएसनको भेषभूषा, मेघराज मगराती, लोकेन साम्बाको छायांकन÷ड्रोन, विकास दाहालको सम्पादन गरेका हुन् ।

शर्मिला लिम्बू (हङकङ), सरिता लिम्बू (हङकङ), एभरेष्ट कल्चर रेकर्डिङ स्टुडियो, योगेश खापुङ, कृष्टि खापुङ, सृष्टि खापुङ, नवराज येङदेन, प्रनेश लिम्बूको सहयोग रहेको भिडियोलाई गीता फोम्बो लिम्बू (धरान), सीता फोम्बो लावती (भक्तपुर), पवित्रा फोम्बो लिम्बू (हङकङ)ले निर्माण गरेका हुन् ।सूर्य खापुङको प्रस्तुति र लोकेन साँवाको निर्देशनमा बनेको भिडियो रीता फोम्बो ठूलीको आफ्नै च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।
भिडियो हेर्नुहोस् |



