सबै मिलेर नक्सा बनाएको हो, नाकाबन्दी सामना गरेको हो, कोही महान होइन : प्रचण्ड

चितवन, २८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै नेपाली नागरिकको पहल र प्रयत्नमा नेपालको नयाँ नक्सा बनिएको र भारतको नाकाबन्दी सामना गरिएको बताएका छन् ।

चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु गलत उपयुक्त नहुने बताए ।

सामुहिक प्रयत्नमा भएको उपलबधीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने र अरुलाई गलत चित्रण गरिएकोमा उनले अपत्ति जनाए । ‘यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन’, उनले थपे, ‘हामी सबै मिलेर नाकाबन्दीको सामाना गरेको हो, सबे मिलेरै नक्सा बनाएको हो ।’

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति पालना नगरेकै कारण पार्टीभित्र अहिलेको अवस्था आएको बताएका छन् ।

उनले मंसिर ४ गतेको सहमति कार्यान्वयन नगरे पनि आफूले कुनै गुनासो नगरेको बताएका छन् । उनले भने, ‘मंसिर ४ गते मलाई कार्यकारी अध्यक्षसहित पार्टी सञ्चालनको मुख्य जिम्मेवारी भनिएको थियो, यद्यपी त्यो लागू हुन पाएन ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार