एकै दिन ४३ सय ६४ जनालाई कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ९८,६१७ पुग्यो

काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भायरस संक्रमण पुष्टि भएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार