ओलीलाई प्रचण्डको चेतावनी : ‘तपाईँहरुले के-के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’

काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–माधव नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओली समूहलाई सकेको गर्न चेतावनी दिएका छन् । आफूहरु तयारी अवस्थामा रहेको पनि दाहालको भनाई छ ।

आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भोलिदेखि कडा खालको आन्दोलन गर्ने घोषणा गरेका छन् । दाहालले आफूहरू एक पटक फेरि निर्मम संघर्ष गर्न तयार रहेको उद्घोष गरे । उनले सम्बोधनको क्रममा भने,‘भोलि नै योभन्दा कडा आन्दोलनको कार्यक्रम तय गर्दैछौं, हामी अन्तिम समयसम्म लड्छौं । हामी छोड्नेवाला छैनौं । तपाइँहरूले के-के गर्न सक्ने हो गरे हुन्छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent