झापाको चिया बगानमा के गर्दैछन् पूर्व राजा ज्ञानेन्द्र?

काठमाडौं। २०६५ साल जेठ १५ गते संविधासभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि नेपालको औपचारिक रुपमा राजतन्त्रको अन्त्य भइसकेको छ।

संविधानसभाले गणतन्त्र घोषणा गरेपछि मुलुकका अन्तिम राजा ज्ञानेन्द्र नागरिक भएर बसेको १२ वर्ष भइसक्यो। यो बीचमा संविधानसभाबाट जारी भएको संविधान लागू भएको छ भने मुलुक संघीय संरचनामा पनि गइसकेको छ।

तर पछिल्लो समय मुलुकका विभिन्न स्थानमा राजको पक्षमा ‘वृहत प्रदर्शन’ हुन थालेका छन्। ‘राजा आउ देश बनाउ’ भन्दै नागरिक हातमा राष्ट्रिय झण्डा बोकेर सडकमा निस्किँदा राजतन्त्र पक्षधरहरु हर्षित देखिन्छन्।

बेला बेलामा शुभकामना सन्देश र सामाजिक संजाल ट्वीटरमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने पूर्व राजा ज्ञानेन्द्र यतिबेला झापामा छन्। आइतबार झापा पुगेका पूर्व राजा ज्ञानेन्द्र एक पुस उतै बस्ने कार्यक्रम रहेको छ।

बेला बेलामा शुभकामना सन्देश र सामाजिक संजाल ट्वीटरमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने पूर्व राजा ज्ञानेन्द्र यतिबेला झापामा छन्। आइतबार झापा पुगेका पूर्व राजा ज्ञानेन्द्र एक पुस उतै बस्ने कार्यक्रम रहेको छ।

झापामा रहेको चियाबगानभित्रको दरबारमा रहेका पूर्व राजा ज्ञानेन्द्र राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनप्रति कत्तिको उत्साहित छन्? ‘अहिले मेरो सरकारसँग (ज्ञानेन्द्र) भेट भएको छैन। मैले सरकारसँग भेट नगरी केही भन्न सक्ने अवस्था छैन,’ पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले डिसी नेपालसँग भने, ‘सरकार अहिले झापामा होइबक्सिन्छ। अरु दुई तीन हप्ता उतै बस्ने योजना छ।’

केही अपुष्ट समाचार अनुसार ज्ञानेन्द्र झापा बसाइकै क्रममा भारत भ्रमणमा पनि जाने कार्यक्रम रहेको छ। तर त्यस विषयमा आफूलाई कुनै जानकारी नभएको पाठक बताउँछन्।

आइतबार झापा गएका पूर्व राजा ज्ञानेन्द्र एक पुस यतै बस्ने र आफू निकट र राजतन्त्रप्रति आस्था राख्ने नेता कार्यकर्तासँग भेटघाट गर्ने स्रोतले बताएको छ। मुलुकका विभिन्न स्थानमा राजतन्त्रको पक्षमा जनता सडकमा उत्रिएपछि त्यसको वस्तुस्थिति बुझेर तराईका जिल्लाको भ्रमणका निस्किने योजना बनाएको बताइएको छ।

डिसी नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent