प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक : दाहाल

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको फैसला सुनाएपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक रहेको बताएका हुन् । उनले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन अपील गरे । ‘अब हाम्रो विरोध प्रदर्शन विजय र्‍यालीमा परिणत भयो । हामी यहाँ प्रवेश गर्ने वित्तिकै बडो गौरवको फैसला आयो, यो ऐतिहासिक छ । म पार्टीको तर्फबाट देशभरि भएका साथीहरुलाई विजय र्‍याली गर्न विशेष अपील गर्छु ।’

उनले संसद् पुन:स्थापना सबैको जित भएको उल्लेख गर्दै विभिन्न राजनीतिक दल, पार्टीका नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी लगायत उत्रिएका सबै जनालाई बधाई र धन्यवाद दिए । अब राजनीतिक दलहरुबीच सहमति र समझदारी गरी अगाडि बढ्ने भन्दै दाहालले यो आफूहरुको लडाइँ कुर्सीको नभएको भनाइ दोहोर्‍याए । उनले नेकपा केपी ओली समूहमा लागेकाहरुलाई आफू नेतृत्वको पार्टीमा फर्कन समेत अपीले गरे ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent