प्रदेश १ मा माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

१६ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश-१ को संसदीय दलको बैठकले दलको नेतामा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ । संसदीय दलको नेता टङ्क आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि सोमबार बसेको बैठकले रिक्त रहेको स्थानमा आङ्बोलाई चयन गरेको हो ।

बैठकले दलको उपनेतामा रामकुमार राईलाई चयन गरेको छ । माओवोदी केन्द्रले प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा शौभाग्यवतीदेवी राईलाई चयन गरेको छ । सोमबार संसदीय दलको दुईवटा बैठक बसेको थियो ।

ज्येष्ठ सदस्य शौभाग्यवती राईको अध्यक्षमा बसेको पहिलो बैठकले दलको विधान पारित गर्दै  दलकाे नेतामा आङ्बोलाई चयन गरेको थियो । लगत्तै आङ्बोको अध्यक्षतामा बसेको दोस्रो बैठकले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका तत्कालीन संसदीय दलको नेता टंक आङ्बुहाङलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

मंगलबार पत्र बुझाउने तयारी माओवादी केन्द्रको छ । २४ घण्टाभित्र स्पष्टीकरण नबुझाए कारवाही प्रक्रिया अघि बढाउने आङ्बोले बताए । तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद खाली रहेको थियो । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको १६ जना सदस्य छन् ।

सरकार विस्तार संसदीय मान्यता विपरीत

माओवादी केन्द्रले प्रदेश सरकारले संसदीय मान्यता विपरित सरकार विस्तार गरेको भन्दै भर्सना गरेको छ । संसद्मा कानुन अनुसार दर्ता भएको अविश्वासको प्रस्ताव कायम भएको अवस्थामा सरकार विस्तार गर्नु संसदीय मान्यता विपरित रहेको निष्कर्ष निकालेको हो । ‘अविश्वासको प्रस्ताव संसद्मा भएको अवस्थामा सरकार विस्तार भएको छ, यो संसदीय मान्यता विपरित हो,’ उनले भने ।

बैठकले अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा पनि छलफल गर्ने निर्णय गरेको छ । तत्कालीन नेकपाको प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुरानै अवस्थामा फर्किएको नेकपा एमालेको माधव समूहले अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको थियो । प्रस्ताव पास नहुने भएपछि माओवादी केन्द्रले पनि फिर्ता लिने तयारी गरेको छ ।

‘हिजो अविश्वासको प्रस्ताव दर्ता गर्ने नेपाल समूहसँग छलफल पछि अघि बढ्छौं,’ आङ्बोले भने, ‘ हामीले सल्लाहमै दर्ता गराएका थियौै, फिर्ता गर्ने विषयमा छलफलबाटै अघि बढ्छौं ।अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent