पुनः उपत्यकामा लाग्ने भयो नयाँ नियम, अब काठमाडौं जानेलाई पनि नाकामै रोक्ने प्रसासनको निर्णय

काठमाडौँ — कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो।

ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो। ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ।

नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन्। लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन्।

यसै गरि  जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

बुधबार कोभिड–१९ मिडिया ब्रिफिङमा बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)ले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न अनुरोध गरे ।

त्यस्तै कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको छ । सरकारी अस्पतालमा २००० वटा एचडीयू बेड स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

२०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने पनि प्रवक्ता गौतमले बताए । त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालमा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने बताए ।

मन्त्रालयले संघ अन्तर्गतका प्रादेशिक अस्पताल, संघीय अस्प्ताल तथा सबै आधारभू2त अस्पतालमा कोभिड–१९ को उपचार गर्ने व्यवस्थापन गर्ने त्यसको शोध भर्ना गरिने जनाएको छ ।

बैठकले प्रदेशमा आइसोलेसन सेन्टर बनाउन पठाइएको रकमबारे हरेक प्रदेशले प्रतिवेदन पठाउने र आवश्यकता अनुसार थप रकम माग गर्न सक्ने निर्णय गरेको छ । साथै निकासा नभएको रकम सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट अर्थ मन्त्राललाई पत्राचार गर्ने भनिएको छ । ताजा खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार