लिम्बु भाषाको चलचित्र “रीत” को पुर्व मन्त्रि बिना मगरले गरिन शुभसाइत

लिम्बु भाषाको चलचित्र “रीत” निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको उक्त चलचित्र रीतको शुभसाइत प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री विना मगरको हस्त वाहुलिबाट भएको थियो । चलचित्र रीतमा पुर्व राज्य मन्त्री श्रीप्रसाद जवेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भिम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङ लगायतका कलाकारहरुको मुख्य भुमिका रहनेछ ।

यासेली योङहाङ र हर्क योङहाङको गीत लेखन रहेको छ भने मान तबेबुङ, अशोक राइ र विवि लिम्बुको संगित रहेको छ । चलचित्र रीतमा सागर केरुङको कथा र पटकथा सम्वाद तथा निर्देशन दिनश लिङदेन रहेको छ । नयाँ वर्षसँगै पुर्वको ताप्लेजङु, पाँचथर, इलाम लगायका जिल्लाहरुमा रीतको छायांकन गरिने भएकोछ ।

अनामनगर स्थित सम्वाद डबलि हलमा सम्पत्र भएको यस शुभसाइत कार्यक्रममा त्रिभुवन लुम्फुङवा, लोक आङबुहाङ, असली वनेम, हाङ चेम्जोङ, धनराज खडका र रुद्र पाहिमलाई सम्मान गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent