बादलतर्फ संकेत गर्दै प्रचण्डले भनेः ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ (भिडियोसहित)

काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बम प्रहार गर्नेलाई नै गृहमन्त्री बनाएर गम्भीर गल्ती गरेको बताएका छन् । आज रुकुम पश्चिममा ३२औं जनआन्दोलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले झण्डै ज्यान जाने गरी आफूलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गरेको गल्तीप्रति आत्मालोचना गर्ने बताए ।

‘ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएँ,’ प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलप्रति संकेत गर्दै भने,‘यसो गरेर मैंले गल्ती गरेँ ।’ २०७० को चुनावमा बादल माओवादीबाट फेटेर गएको समूहमा रही चुनाव बहिष्कार गरेका थिए । त्यतिबेला प्रचण्डमाथि बम प्रहार भएको थियो ।

प्रचण्डले बादलसहित माओवादी केन्द्र छाड्ने नेताहरुप्रति संकेत गर्दै बिकाऊ मालको संज्ञा दिए । उनले भने,‘उनीहरु बिकाऊ माल सावित भए ।’ पार्टी फुटाउनेलाई मौका दिएको र इमान्दारलाई पदोन्नती गर्नुपर्नेमा नगरेर गल्ती गरेको बताए । उनले भने,‘ पार्टी फुटाउनेलाई मौका दिएँ । इमान्दारलाई पार्टीमा पदोन्नति गर्नुपर्ने, प्राथमिकता गर्नुपर्नेमा गल्ती गरेँ । म आज आत्मालोचना गर्छु । अब त्यस्तो गदिनँ ।’रीपोटर्स नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent