कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

महासंघ अध्यक्षमा शर्मालाई ३ हजार ९२७ मतको अन्तरले पछाडि पार्दै पोखरेल विजयी, कसको मत कति? (सूचीसहित)

पत्रकार महासंको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल निर्वाचित भएका छन्।

युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) पक्षसहित ११ संगठनका साझा उम्मेदवार पोखरेलले आफ्नो निकटम् प्रतिस्पर्धी उमाले निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई ३ हजार ९२७ मतले पछाडि पार्दै विजयी भएकी हुन्।

ncell

विजयी भएका पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत प्राप्त गरिन्।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ६७४१ र शर्मा प्यालनका माधव नेपालले ३७८१ मत प्राप्त गरे।

त्यस्तै महासंघको निर्वाचनमा सबैभन्दा बढी मत महिला उपाध्यक्ष बाला अधिकारीले प्राप्त गरेकी छन्। उनले ७२२६ मत प्राप्त गरिन भने उनका प्रतिस्पर्धी दाना केसी सुवेदीले ३५२८ मत प्राप्त गरिन्।

त्यस्तै समावेश उपाध्यक्षमा पोखरेल प्यानलका उदय जीएमले ६११७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शर्मा प्यालनका अवधेश झाले ३५६१ मत प्राप्त गरे।

त्यस्तै महासचिवमा पोखरेल प्यानलका रोशन पुरीले ६२४२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी शर्मा प्यानलका बालकृष्ण बस्नेतले ३८६० मत प्राप्त गरे।

हेरौँ कसले कति मत प्राप्त गरे?

mahasang1
mahasang22
mahasang33
mahasang44
mahasang55
mahasang66

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार