देव गुरुङ बाट चलचित्र दुस्प्रयासको पोस्टर सार्वजनिक गर्दै बिभिन्न व्यक्तिहरु सम्मानित

पाथिभरा च्यानल- रिता देवी मुभिज प्रा.लि. तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको यस सम्मान कार्यक्रममा सिनेकर्मी, समाजसेवी, संस्कृतिकर्मी तथा कलाकारहरुलाई प्रमुख अतिथि नेकपा माओवादी स्थायी कमिटि सदस्य तथा पूर्व देब गुरुङको हस्तवाहुलिबाट सम्मान गरियो ।

सम्मानित व्यक्तित्वहरुमा त्रिभुवन लुम्फुङवा डा. सुनिता भटराई, मेक बहादुर मगर, प्रेम आले मगर, बाल कलाकार दिबिसा साप्कोटा, भिम थेबे लिम्बु लगायत रहेका थिए ।
यस्का साथै रिता देवी मुभिज प्रा.लिं द्वारा निर्माण भएको चलचित्र “दुस्प्रयास” को पोष्टर प्रमुख अतिथिबाट सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरियो ।
महिला हिंसा, हत्या, अपहरण लगायत समाजमा घटिरहेका आपराधिक गतिविधिलाई समेटिएको चलचित्र दुस्प्रयास आगामि वर्ष २०७८ आसार २५ गतेबाट नेपालका हलहरुमा प्रदर्शन हुनेभएकोछ ।


दुसप्रयासमा निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मीता कार्की, सुदिता लिङदेन ( बाल कलाकार ), अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्र कुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा आदिको मुख्य भुमिका रहेकोछ ।चलचित्रमा कथा÷निर्देशन दिनेश लिङ्देन, गित जानु काम्बाङ लिङ्देन÷शंकर अधिकारी घायल, संगित बिकास चौधरी÷राजकुमार बगर र स्वर राजेश पायल राई, अम्रृता लिम्बु, दिनेश लिङ्देन, श्रेयसी चेम्जोङ रहेको छ ।

सुमित लिङ्देनको प्रस्तुति रहेको चलचित्र दुस्प्रयासमा नृत्य जनक कार्की, द्वन्द्ध राजु किराँती र छायांकन ज्ञानु राईको रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार