निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौँ । निर्देशक तथा अभिनेता सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् ।

केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक उपस्थितिमा दुवैले होटेल ¥याडिसनमा औँठी साटासाट गरेका हुन् । सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार