कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

फेदेन । लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सागर केरुङ्को शब्द/संगीत रहेको गीतलाइ बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् ।

पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ, गंगा फियाक, छायांकन सञ्जय आचार्य, ड्रोन फुङ्सो जबेगु, नृत्य कोरियोग्राफ निङ्वा नेम्बाङ, शृङ्गार अमृता जबेगु, एरेन्ज मोनि ताम्लिङ र प्रकाश संयोजन निस्चल आचार्यले गरेका छन् ।

चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सागर केरुङ, सुक्मिता केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार