रुदै छु परदेशमा गीतको म्युजिक भिडियो लिएर आए गायक सँगम लिम्बु

गायक सँगम लिम्बुको रुदै छु परदेशमा बोलको गीतको को म्युजिक भिडियो सार्वजनिक भएको छ | म्युजिक भिडीयोमा रोजगारीको निम्ति बिदेशिन बाध्य युवाको कथा लाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ | बिदेशमा रहंदा आफ्नो गाउँ घर र परिवारको यादले कति सताउछ र आवश्यकता महशुस हुन्छ भन्ने कुरा भिडीयोमा देखाउन खोजिएको छ |

गीत संगै बिदेशमा बस्ने नेपालीहरु संग पनि भावनात्मक सम्बन्ध जोडन गायक संगम लिम्बु सफल भएका छन् | गायक संगमको अनुसार आफुले गाएको चर्चित गीतहरु जस्तै यो पनि उत्कृस्ट गीत लाग्ने गरेकोले गीतको भावना अनुसार म्युजिक भिडियो उत्कृस्ट बनाउन निर्देशक र कोरियोग्राफि संग बिशेष छलफल पश्यात मात्र भिडियो निर्माण गरेको कुरा सुनाउछन |

सागर सुब्बा दारा निर्दशन गरिएको म्युजिक भिडीयो मा इशिका लिम्बु बिशाल सेनेहाङ संगम लिम्बु गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुको मुख्य भूमिका रहेको छ | संगम सुब्बा को प्रस्तुतिमा निर्माण भएको भिडीयोमा छायांकन मुकेश हुमागाई ड्रोन सुरज लामा सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेकोछ भने मेकअप कविता टोलीङ निमार्ण नियन्त्रक राजेश मगरले गरेका हुन् |

गायक संगम लिम्बुले यो मार्मिक गीत सम्पुर्ण बिदेशमा रहनु हुने दाजु भाइ तथा दिदिबहिनीहरुमा समर्पित गरेका छन् |आगामी दिनमा पनि गायन लाइ निरन्तरता दिने प्रतिबद्धता जनाउदै सबैको साथ् र सहयोगको अपेक्षा गरेका छन् |

भिडीयो हेर्नुहोस !!!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent