कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजवंशी भाषाकाे प्रथम टेली शृङ्‌खला ‘समय एक काथा’ काे शुभ मुहूर्त

राजवंशी भाषाकाे प्रथम टेली शृङ्‌खला ‘समय एक काथा’ काे शुभ मुहूर्त समाराेह सम्पन्न भएको छ | लेखक तथा निर्देशक श्री पुकार भट्टराईकाे अध्यक्षता, कनकाई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्रकुमार पाेख्रेलकाे प्रमुख आतिथ्य तथा कनकाई नगरपालिकाकी उपप्रमुख श्री मञ्जु प्रसाईँकाे विशेष आतिथ्यमा कनकाई नगरपालिका वडा नं. ९, टेकनारायण बाडी, घैलाडुब्बा स्थित एक सभाकक्षमा राजवंशी भाषाकाे प्रथम टेली चलचित्र ‘समय एक काथा’ काे शुभमुहूर्त समाराेह हार्दिकतापूर्ण एवम् राेचक वातावरणमा सम्पन्न भएकाे छ ।

समाराेहमा रेस्क्यु क्रिएसनका प्रबन्धक निर्देशक श्री समन अधिकारी, पाथिभरा च्यानलका निर्देशक सागर सुब्बा , कनकाई नगरपालिकाकाे नगर-गानकी रचयिता श्री टीका भट्टराई नेपाल, कमल गाउँपालिकाकाे कमल-गाथाका रचनाकार श्री विजयकुमार अधिकारी तथा कलाकारहरू एवम् अन्य गण्यमान्य व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा नं. ९ का वडा अध्यक्ष लगायतले शुभकामना मन्तव्य प्रकट गर्नुभएकाे थियाे भने श्री समन अधिकारीले स्वागत मन्तव्य प्रकट गर्नुभएकाे थियाे ।

राजवंशी भाषाकाे स्वागत गीतमा स्वागत नृत्य तथा अन्य राेचक नृत्यहरू प्रस्तुत हुँदा कार्यक्रम थप राेचक र आकर्षक बनेकाे थियाे ।कार्यक्रमबिच कनकाई नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखले उक्त टेली शृङ्खलाकाे सुटिङकाे शुभारम्भ गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन श्री अभय राजवंशीले गर्नुभएकाे थियाे ।

[ विजयकुमार अधिकारीबाट]

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार