रोजगारीको ग्यारेन्टी सहित सफा टेम्पो चालक तालिम संचालन हुने (भिडियो सहित)

विद्युतीय यातायात स्वरोजगार सेवा प्रा.लिले आर्थिक अबस्था कमजोर भएका बेरोजगार युवायुवतीलाई लक्षित गरि रोजगारीको पूर्ण ग्यारेन्टी सहित श्राबण १ गते देखि १ महिने सफा टेम्पो चालक तालिम सन्चालन गर्ने भएको छ । ‘आर्थिक रुपमा बिपन्न बर्गलाई समेट्ने उद्देश्यका साथ स्वदेशमै बसेर रोजगारी गर्न चाहने तर सीप सिक्नको लागि पर्याप्त रकम नभएर अलमलिएका बेरोजगार एकल महिला, दलित, जनजाती पिछडिएका बर्गहरु लाई संस्थाको पहलमा चालक अनुमति पत्र र रोजगारीको ग्यारेन्टी सहित सिप सिकाउन लागिएको कुरा विद्युतीय यातायात स्वरोजगार सेवा प्रा.लिका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए।

सफा टेम्पो चालक तालिम लिए बातप शुल्क भने अहिले तिर्नुपर्ने छैन । ‘सिप सिकेर रोजगार प्राप्त गरेपछि तालिम लिए बापतको रकम तिर्ने सहमतिमा ५० जनालाई यो तालिम दिइने छ’ उनले भने ‘सवारी चालक अनुमति पत्र प्राप्त गरेपछि पनि पुनः रोड ड्राइभिङ तथा ट्राफिक नियम सम्बन्धी ज्ञान दिई आत्माविश्वास बढाउनको लागि सफा टेम्पो संचालन गरि रहेका अनुभवी चालक संगै सफा टेम्पोमा हिड्ने र चलाउने ब्यवस्था पनि हामीले गरेका छौ ।’ अहिले काठमाण्डौ उपत्यकामा ६०० भन्दा बढि सफा टेम्पो चलिरहेका छन् । सफा टेम्पो चालकहरु बैदेशिक रोजगारीमा जाने तथा थप सिप सिकेर ठुला सवारी साधन चलाउन जाने हुदा चालकहरुको अभाब रहेको छ ।

यो ब्यवसायमा आबद्ध चालकको तलब र भत्ता सहित मासिक ३५/४० हजार कमाई हुन्छ । हामीले सामाजिक सुरक्षा कोषको पनि ब्यवस्था गरेका छौ तैपनि थप आर्जनको लागि चालकहरु बैदेशिक रोजगारी तथा अन्य ठुला सवारी साधन चालकका रुपमा काम गर्न जाने गरेका छन् |

उनले भने ‘सफा टेम्पो सिक्न इच्छुक ब्यक्तिहरुले विद्युतीय यातायात स्वरोजगार सेवा प्रा.लिको ललितपुर, कार्यलय वा सिटि ड्राइभिङ सेन्टरको फेसबुक पेज मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।’ विगत २० बर्ष देखि संचालन भइरहेका सफा टेम्पो क्षेत्र धेरै महिला स्वरोजगार ब्यवसायी तथा चालक रहेको ब्यावसायको रुपमा चिनिएको छ । यस क्षेत्रमा करिब ४० प्रतिशत चालक महिला रहेका छन् ।

सुदिप भण्डारी बाट !! सुदिप भण्डारी पाथिभरा च्यानलको सह सम्पादक हुनुहुन्छ |

भिडीयो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार