दिनेश कुमार सङ्गौलाको दोस्रो कृति कथा संग्रह मैतुङ्गे सार्वजनिक

काठमाडौं, भदौ १९ । दिनेश कुमार सङ्गौलाको दोस्रो कृति कथा संग्रह मैतुङ्गे सार्वजनिक भएको छ ।
काठमाडौंको हार्दिक होटलमा एक समारोहका बिच शनिबार अनेशासका पूर्व अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो ।

उक्त कथा संग्रहमाथि समीक्षा राख्दै पत्रकार लेखक दामोदर न्यौपानेले “हिजोआज पठन संस्कृति निकै कम छ । त्यसैका बिच लेखकले पुस्तक लिएर आउनु निकै चुनौतीपूर्ण रहेको ” बताए ।
त्यस्तै, अर्का समीक्षक कथाकार लेखक मञ्जिला अनिलले कथा माथि समीक्षा राख्दै “पछिल्लो समय कथाको माग निकै बढेको छ । कथाकारलाई आख्यानका लागि शुभकामना । उहाँलाई हामी सक्रिय स्रष्टाको रूपमा चिन्न बुझ्न सक्छौँ । कथामा सामाजिक घटनाले परिवेश बोकको छ । मैतुङबाट आएकाले मैतुङ्गे पुस्तकको नाम राखिएको अनुमान लगाउन सकिने समीक्षकले बताए ।

कथाको परिवेश बोकेको बताए । कथाका घटनाहरू स्वभाविक रूपमा अघि बढेका छन । लेखकले पुस्तक मार्फत सामाजिक रूपान्तर खोज्नुभएको छ । । आफ्नै वरिपरि घुमिरहेका घटनाहरूको परिवेशमा लेखिएको हो मैतुङ्गे । सकारात्मक रूपमा कथाको परिवेश टुंगाइएको छ ” समीक्षक मञ्जिलाले बताए ।
आफ्नै गाउँ ठाउँको कथा आफुले देखेको, भोगेर र सुनेको कथालाई पुस्तकमा उतारेको लेखक सङ्गौलाले बताए । लेखक सङ्गौला नेपाल टेलिभिजनका पूर्व निर्देशक पनि हुन ।

उक्त पुस्तक विएन पुस्तक संसारले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २२५ रहेको विएन संसारका सञ्चालक सूर्य बिसीले बताए । लेखकको पहिलो पुस्तक कविता संग्रह हो । उक्त कार्यक्रमको सञ्चालन श्री राम राईले गर्नु भएको थियो । 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार