![](https://pathibharachannel.com/wp-content/uploads/2024/04/434335263_8012487475431940_6185480694086370226_n-1024x683.jpg)
गीतकार तथा लेखक लिला सेलिङको लिम्बू कवितासंग्रह ‘सेप्म्माङलक’ र भिमकुमार सेलिङको ‘ओयाम दर्पण’ कृति सार्वजनिक भएको छ ।
![](https://pathibharachannel.com/wp-content/uploads/2024/04/434320079_8012488518765169_5782957607041639594_n-1024x683.jpg)
वरिष्ठ कवि तथा पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा दुवै कृति काठमाडौंमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा सार्वजनिक गरिएको हो।
![](https://pathibharachannel.com/wp-content/uploads/2024/04/433205104_8012487918765229_5495861392379201237_n-1024x683.jpg)
शिक्षकसमेत रहेका ७७ वर्षिय भिमकुमार सेलिङ श्री गुप्तेश्वर माध्यमिक विद्यालय याङ्वरक ३, ओयामका पूर्व प्रअ हुन् । यसअघि सेलिङको ‘शिक्षामा चौवालीस वर्ष’ पुस्तक प्रकाशित छ । ‘ओयाम दर्पण’ उनको दोस्रो कृति हो ।
![](https://pathibharachannel.com/wp-content/uploads/2023/08/Neww-1-1-1024x126.jpg)
![](https://pathibharachannel.com/wp-content/uploads/2024/04/434311712_8012487972098557_7539020860392094567_n-1024x683.jpg)
समाजसेवामा समेत सक्रिय गीतकार तथा लेखक लिला सेलिङ भिमकुमारकै सुपुत्री हुन् । आधा दर्जन भन्दा बढी गीत रेकर्ड गराइसकेकी लिलाको यसअघि अंग्रेजी भाषामा ‘मेमोरिज अफ गोर्खा ड्युरिङ लकडाउन’ संस्मरण पुस्तक र ‘लाहुरेनी पीडा’ कवितासंग्रह प्रकाशित छ भने सुब्बा, सुभाङी र निशान बारे खोजमुलक लेखहरू पनि लेखेकी छन् ।
![](https://pathibharachannel.com/wp-content/uploads/2024/04/433176876_8012488555431832_5552705793097190505_n-1024x683.jpg)
नेपाली, अंग्रेजी र लिम्बू भाषामा पुस्तक लेखेकी सेलिङले अब विशुद्ध लिम्बू भाषामा पनि पुस्तक लेखिनुपर्ने भएको हुँदा लिम्बू भाषामा संग्रह निकालेको बताइन् ।
![](https://pathibharachannel.com/wp-content/uploads/2024/04/434337947_8012488805431807_1703877050175610813_n-1024x683.jpg)
बुबाछोरीको एकैपटक पुस्तक निस्किनु एउटा संयोग रहेको उनले बताइन्। ‘मैले वहाँसँगै आफ्नो पुस्तक विमोचन गर्न पाउनु मेरो लागि वहाँकै आशिर्वाद हो । वहाँसगै कलम चलाउन पाउँदा मलाई उर्जा मिल्छ’, उनले बताइन् ।
फोटो – निर्मल सुब्बा