
काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को छायांकन सम्पन्न भएकोछ छ । चलचित्रको छायांकन गत कात्तिक ३ गतेबाट सुरु भएको थिय। सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ, जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा भएको चलचित्रलाई सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृति तथा जीवन्त प्रेम कथामा आधारित चेतना र सन्देश मुलक चलचित्रलाई सागर केरुङ्ले पटकथा सम्बाद लेखेका हुन ।
सुन्दरता संग संगै अभिनय र नृत्यमा पनि अब्बल नायिका बिमला लिम्बुले उदयमान नायिकाको रुपमा सबैको मन जितिरहेकी छिन | बिमला लिम्बुले चलचित्र लोजिमा मा शीर्ष भूमिकामा कथाको माग अनुसार जीवन्त अभिनय गरेकी छिन |

मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन |चलचित्रमा साहारा हाङमाको जोडीको रुपमा नायक रुद्र पाहिमले अभिनय गरेका छन् |
गायकको रुपमा आफ्नो परिचय बनाइसक्नु भएका नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनय ले चर्चित आशाहाङ आङबो ले पनि यस चलचित्र बाट नायकको रुपमा आगाडी आउनुभएको छ |
पाथीभरा च्यानलको ब्यानरमा निर्मित चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको चलचित्रमा मा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ ।
चलचित्र लोजिमा मा आबद्ध सबै कलाकार प्राबिधिकहरुले अति नै मिहेनतको साथ काम गर्नुभएको र स्थानीयको विशेष सहयोगले आङ्बो उत्साहित हुनुहुन्छ । निर्माण प्राबिधिक टिम कथाको माग अनुसार कलाकार समेत राम्रो भएकोले निर्देशक सुब्बा समेत लोजिमा उत्कृष्ट बन्नेमा विस्वस्त छन ।

चाडै सम्पादनको तयारीमा रहेको चलचित्रको कलाकारहरुमा बिमला खजुम, आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साराहाङमा पन्धाक, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू, लगायत रहेकाछन । चलचित्रकी नायिका बिमला लिम्बु भन्छिन चलचित्र लोजिमा मार्फत धेरै मिहेनत गरेर केहि नयाँ क्रियसनको साथ् काम गर्न प्रयास गरेको छौ आशा छ दर्शकहरुले मन पराउनु हुनेछ ।