४ दिने लिम्बू चलचित्रको कार्यशाला भेडेटारमा सुरु

याक्थुङ संस्कार संस्कृतिमा आधारित चलचित्रले पछिल्लो समय नेपाली सिने जगतमा प्रभाव छाड्दै गइरहेका सन्दर्भमा पूर्वको पर्यटकीय स्थल भेडेटारमा ४ दिने कार्यशाला सुरु भएको छ ।

कार्यशालामा कथा निर्देशन, र छायाङ्कनबारे सहभागीलाई प्रशिक्षण दिइनेछ । कथा निर्देशनतर्फ वरिष्ठ निर्देशक नवीन सुब्बाले सहजीकरण गर्ने छन् भने छायाङ्कनतर्फ देव पुनले प्रशिक्षण दिने छन्

याक्थुङ युवाहरु लक्षित कार्यशालामा प्रदेशका २५ बढी युवाहरु सहभागी हुने आयोजक याक्थुङ मुनचईत चोक सयङ १ नम्बर प्रदेश समितिका अध्यक्ष भूपेन्द्र तुम्बाहाम्फेले जानकारी दिए ।

Limbu chalchitra Bhedetar workshop

चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्धन समितिको सहयोग र पूर्बेली भिजन फिल्मस प्रालिको प्राविधिक सहयोगमा  याक्थुङ मुनचईत चोक सयङ १ नम्बर प्रदेश समितिको आयोजनामा कार्यशाला सुरु भएको हो ।

औपचारिक कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि मिस नेपाल हङकङका अध्यक्ष तथा चलचित्र वितरक लोकराज आङबुहाङले कार्यशाला सफलताको शुभकामना दिए ।

कार्यशालामा विशिष्ट अतिथि वरिष्ठ निर्देशक नवीन सुब्बा, निर्देशक समाजका सदस्य तथा पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ का महासचिव सुमन तामाङ, याक्थुङ चलचित्रकर्मी सङ्घ १ प्रदेश १ उपाध्यक्ष प्रकाश सुब्बा, सङ्घीय लेखक सङ्घका केन्द्रीय महासचिव तथा याक्थुङ लेखक सङ्घका केन्द्रीय कोषाध्यक्ष सङ्गेन पन्धाक, लेखक सङ्घ  कोरियाका महासचिव बालिन्द्र याक्थुङलगायतले कार्यशाला सफलताको शुभकामना दिएका थिए ।

आज मंगलबारदेखि भेडेटार भिलेज रिसोर्टमा सुरु भएको कार्यशाला आगामी १२ गतेसम्म हुनेछ । ब्लास्ट खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार