चलचित्र ‘लोजिमा’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमाको हालै फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका बिमला लिम्बु नायक आशाहाङ आङबो र कलाकार निशाम तुम्बापो रहनु भएको छ | लोजिमामा जीवन्त प्रेम कथामा सांस्कृतिक र सामाजिक कथाबस्तु लाई आकर्षक ढंगले समेटिएको छ ।

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भइरहेको चलचित्रको बिशेष प्राविधिक सहयोगी दर्जनौ सुपरहिट चलचित्रको मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुनुहुन्छ |सम्पादन संजय अधिकारी र पाश्य संगीत अशोक राइको रहेको छ भने डबिङ मानशी किरण र डिजाइन आइडियल डिजाइनका निर्देशक सुन्दर श्रेष्ठले गर्नु भएको हो | सर्बोकृस्ट रास्ट्रिय सास्कृतिक अवार्ड पाउन सफल कुसुम चलचित्र निर्देशन गरेर चर्चामा आउनु भएका निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृतिमा आधारित चलचित्रलाई सागर केरुङ्ले पटकथा सम्बाद लेखेका हुन ।

बिमला लिम्बुले चलचित्र लोजिमामा शीर्ष भूमिकामा कथाको माग अनुसार जीवन्त अभिनय गरेकी छिन |

मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन | चलचित्रमा साहारा हाङमाको जोडीको रुपमा कलाकार रुद्र पाहिमले अभिनय गरेका छन् |

गायकको रुपमा आफ्नो परिचय बनाइसक्नु भएका नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनय ले चर्चित आशाहाङ आङबो ले पनि यस चलचित्र बाट नायकको रुपमा आगाडी आउनुभएको छ |

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । निर्माण प्राबिधिक टिम कथाको माग अनुसार कलाकार समेत राम्रो भएकोले निर्देशक सुब्बा समेत लोजिमा उत्कृष्ट बन्नेमा विस्वस्त छन ।

चलचित्रको कलाकारहरुमा बिमला खजुम, आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु , सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू ज्ञानु खम्दाक ,लगायत रहेका छन । चलचित्रकी नायिका बिमला लिम्बु भन्छिन चलचित्र लोजिमा मार्फत धेरै मिहेनत गरेर केहि नयाँ क्रियसनको साथ् काम गर्न प्रयास गरेको छौ आशा छ दर्शकहरुले मन पराउनु हुनेछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent