कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि सुरु गरिएको हो । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए ।

पान्थरको फालेलुङ, काठमाडौ लगायत विभिन्न क्षेत्रमा छायांकन हुने थत्थामालाई भारतका पध्मश्री सम्मानित स्वर्गीय पदमसिङ PS मुरिङ्लाले लेखेका हुन । ४० बर्ष अगाडि लेखिएको उपन्यास थत्थामालाइ चलचित्र निर्माण गर्न लागिएको बताइएको छ । 

आर.के. सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई बिनोद सिरेङले निर्देशन गरिरहेका छन । २०४२ सालदेखि नेपाली चलचित्रजगतमा कृयाशिल सेरेङ्ले  उसले जन्माएको मृत्युु (२०४९),  बगर (२०५९), अंगालो यो मायाको (२०६५) निशानी (२०६९) लगायत निर्देशन गरेका छन

थत्थामा पाँचौ चलचित्र हो । सेरेङ्कै पटकथा/संवाद रहेको थत्थामामा छायांकन सुजन दाहाल, साहयक क्यामरा सम्भव सुवेदी, स्क्रीप्ट सुपरभाइजर तथा मुख्य सहायक निर्देशक दिपेस यक्सो, साहायक निर्देशक सुरेन्द्र सिङ, निर्माता सीता हुक्पा चोङ्बाङ, कार्यकारी निर्माता भुषण दाहाल, शृङ्गार अमृता जबेगु, शब्द/संगीत राज लिम्बू, स्वर मेलिना राइ, राज लिम्बू, नृत्य निर्देशन रिमा थापा, भेषभुसा अल्का हुक्पा चोङ्बाङ, कला निर्देशन बिबेक बेघा, सहायक छयम चेम्जोङ रहेका छन   हाङ चेम्जोङ, बिमला खजुम, सागर केरुङ, फुङ्निमा योङ्हाङ, राम यक्सो, पुर्ण सेलिङ, नुनाम केरुङ, कर्ण सम्बाहाङ्फे, इन्दु तुम्सा सम्बाहाङ्फे, अल्का हुक्पा चोङ्बाङ, सीता हुक्पा चोङ्बाङ, नुमासा जबेगु, पदम दुखी सम्बाहाङ्फे, नरेन्द्र केरुङ, सुरेन्द्र केरुङ लगायतले अभिनय गरिरहेका छन ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार